तनहुँकाे उत्कृष्ट प्रहरीमा थर्पु चाैकीका इन्चार्ज प्रनानि भण्डारी घाेषीत

तनहुँकाे उत्कृष्ट प्रहरीमा थर्पु चाैकीका इन्चार्ज प्रनानि भण्डारी घाेषीत

तनहुँमा असाेज महीनाको उत्कृष्ट प्रहरीमा थर्पु चौकीका इन्चार्ज देवराज भण्डारी घाेसीत भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँ अन्तर्गतका इकाईहरुमा कार्यरत प्रहरी कर्मचारीहरूबाट सम्पादित कार्यको उचित मुल्याङ्कन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता देखिने मध्ये सबैभन्दा उत्कृष्टमा प्रनानि भण्डारी परेका हुन् ।

एकजना प्रहरीलाई हौसला प्रदान गर्ने उद्देश्यले दैनिक सम्पादित कार्यलाई समेटी प्रत्येक महिना सम्पादित कार्यको उचित मुल्याङ्कन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले दिइने पुरस्कारबाट “महिनाको उत्कृष्ट प्रहरी (Best Police Of the Month)” घोषणा गर्ने अभिप्रायले तयार पारिएको “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधी -२०८१” को अधिनमा रही तनहुँ जिल्ला मातहत सबै कार्यालयहरुबाट सिफारिस भई आएका प्रहरी कर्मचारीहरु मध्येबाट भण्डारी पुरस्कृत भएका हुन् ।

महिनाको उत्कृष्ट प्रहरी) (Best Police Of the Month) द्वारा पुरस्कृत भएका भण्डारीले थर्पु चाैकीकाे इन्चार्जकाे जिम्मेवारी सम्हालेकाे छाेटाे समयमै उत्कृष्ट कार्य गर्न सफल भएका छन् । प्रमुख भण्डारीले बिभागिय मूल्य मान्यता , आदेश निर्देशनकाे पालना गरि व्यवसायीक , कर्तब्यनिष्ठ र लगनशील भइ अनुशासित तवरले कर्तव्य पालनामा तल्लीन रहि उच्च मनाेबल र शाहसका साथ कार्य सम्पादन गर्न सफल रहेको उल्लेख गरिएको छ ।

भण्डारीले फरार प्रतिवादी पक्राउ देखि जुवाडे पक्राउ मात्रै गरेनन् , मान्छे हानेर फरार रहेको सवारीसाधनलाई समेत खाेजतलास र अनुसन्धान गरि पक्राउ गरेका थिए । प्रहरी संगठनकाे छबिलाई उच्च राख्न अपराध अनुसन्धानमा अब्बल देखिएका पुरस्कृत भण्डारीले कार्यालय सुधारकाे लागि समेत विभिन्न काम गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page