भाेलिदेखि पृथ्वीराजमार्गकाे डुम्रे दमाैली सडक खण्ड दैनिक साढे चार घण्टा बन्द हुने

भाेलिदेखि पृथ्वीराजमार्गकाे डुम्रे दमाैली सडक खण्ड दैनिक साढे चार घण्टा बन्द हुने

निर्माणाधीन मुग्लिन-पोखरा सडकअन्तर्गत छिर्कने देउराली खण्ड दैनिक साढे चार घण्टा बन्द हुने भएको छ। पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो। 

मुग्लिन पोखरा सडक योजना (पूर्वीखण्ड) अन्तर्गत छिर्कने खण्डको निर्माण कार्यलाई तीव्रता दिन भाेली मङ्सिर ३ गतेदेखि २३ गतेसम्म दुई चरणमा सडकखण्ड पूर्ण रूपमा बन्द गर्न लागिएको हाे ।

उक्त अवधिमा राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी सडक निर्माण गरिनेछ। बिहान १ बजेदेखि १ः३० बजेसम्म सडक आवागमन खुल्ला गरिने र पुनः दोस्रो चरणमा बिहान १ः३० बजेबाट ४ बजेसम्म सडक बन्द गरी निर्माणकार्य गरिने आयाेजनाले सुचना जारी गरेर भनेको छ । आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने व्यवस्था समेत मिलाइने भएको छ ।

‘मुग्लिन पोखरा सडक योजनाको पूर्वीखण्डमा सडक निर्माणको कामलाई तीव्रता दिनका लागि छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनका लागि उक्त अवधिमा पूर्ण रूपमा बन्द रहने भएको याेजनाकाे सुचनामा उल्लेख छ । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पूर्वीखण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page