तेस्रो दल माओवादीलाइ हराउन पहिलो र दाेस्राे दल काङ्ग्रेस एमालेकाे चुनावी तालमेल
आसन्न स्थानीय तहको उपनिर्वाचनमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले अनौठो चुनावी तालमेल गरेका छन् ।

सशस्त्र संघर्षको समयदेखि नै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको गढका रुपमा परिचित पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा कांग्रेस र एमालेले अचम्म लाग्दो चुनावी तालमेल गरेका हु्न् ।

तेस्रो दलको रूपमा रहेको माओवादीको लालकिल्ला भत्काउन पहिलो र दाेस्राे ठुला दल कांग्रेस-एमालेको नयाँ प्रयोग, उम्मेदवार एमालेको, चुनाव चिन्ह रुख ! पुथा उत्तरगंगामा एमालेकी उम्मेदवार केशकुमारी तुलाचनलाई कांग्रेसले सहयोग गर्ने भएको हो ।
तुलाचन एमाले जिल्ला कमिटीको उपसचिव तथा अनेमसंघको केन्द्रीय सदस्यसमेत हुन् । रोचक कुरा के छ भने तुलाचनले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखबाट निर्वाचन लड्नुपर्ने सहमति भएको छ ।
























