आज सार्वजनिक बिदा
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पुर्व सभामुख दमननाथ ढुंगानाकाे निधनको शोकमा आज एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले राष्ट्रिय सम्मानका साथ पूर्वसभामुुख ढुंगानाको अन्त्येष्टि गर्ने समेत निर्णय गरेको छ ।

यस्तै, स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुुरुङले जानकारी दिए ।

























