बचत गर्ने बानीकाे बिकास गर्न आँबुखैरेनीका विद्यार्थीकाे बैंक खाता संचालन
तनहुँकाे आँबुखैरेनी गाउँपालिकामा अध्ययनरत छात्राहरुकाे बैंक खाता संचालन गरिएकाे छ । गाउँ पालिकाकाे निति तथा कार्यक्रममा समावेश गरिएकाे याेजना अनुसार गापामा अध्ययनरत विद्यार्थीलाई बैंक खाता संचालन गर्ने लक्ष अनुसार विहिबार रामशाह माध्यमिक विद्यालयका विद्यार्थीकाे बैंक खाता खाेलिएकाे हाे ।
कार्यक्रम अनुसार हाललाई सामुदायिक विद्यालयमा अध्ययनरत २ हजार ५ सय छात्राहरुलाई बैंक खाता खाेलिएकाे छ । खाता संचालनका लागि प्रत्येक विद्यार्थीलाई पालिकाले १ हजार प्रदान गरिने गाउँ गाउँपालिकाले जनाएको छ । विद्यार्थीलाई बचत गर्ने बानीकाे बिकास गर्न र बचत गरेकाे रकम उज्वल भविष्यकाे लागि काम लाग्ने हुँदा अहिले देखि नै बचत गर्ने बानीकाे बिकास गराइएको पालिकाकाे भनाइ छ ।
आँबुखैरेनी गाउँपालिकाकाे प्रतिवद्दता सुनाैलाे भविश्यकाे सुनिश्चितता भन्ने अभियानलाई सार्थकता दिलाउनका लागि कुमारी बैंक आँबुखैरेनी शाखा सँगकाे साझेदारीमा बैेंक खाता संचालनकाे शुरुवात गरिएकाे हाे । पालिका सँगकाे सहकार्यमा संचालन गरिएकाे खाताका सेवाग्राहीले २० हजार बराबरकाे स्वास्थ्य बीमा प्राप्त गर्ने समेत बताइएको छ ।

























