१७ जना मनाेनीत गरेको एमाले तनहुँमा खगराज खेमा हावी हुँदा पृथ्वीसुब्बा टिम पेलानमा
नेकपा एमाले तनहुँकाे बुधबार बसेकाे बैठकमा १७ जना जिल्ला सदस्य मनाेनीत भएकोमा १५ जना खगराज अधिकारी खेमाकाे र २ जना पृथ्वीसुब्बा गुरूङ खेमाकाे रहेका छन् । अधिवेशनमा पृथ्वीसुब्बा खेमाबाट उपाध्यक्षका उम्मेदवार बनेका श्रीराम कार्की र बसुन्धरा घर्ती दुईजना मात्रै मनाेनितमा परेका हुन् ।

त्यसाेत पार्टी बैठकमा जिल्ला अध्यक्ष हरिराज कंडेल एक्लै हावी भएको चर्चा पनि छ । कंडेल यतिसम्म हावी भएकी पुर्व अध्यक्ष केदार सिग्देल , नेता किरण गुरूङ लगायतका सिनियर नेतालाई समेत जिल्याएर आफु निकटका मात्रै सदस्यमा ल्याउन सफल भएका छन् । पार्टीका उपाध्यक्ष रहेका राजेश्वर ढकाल समेत उनको अगाडि फितलो देखिएको एक जिल्ला सदस्यले टिप्पणी गरे । उपाध्यक्ष ढकालका निकट रहेका देवघाटका बावुराम अधिकारी र भानुका सुलेमान मिया दुई जना मात्रै मनाेनित भएका ती सदस्यले बताए । बाँकी सबै मनाेनीत सदस्य अध्यक्ष कंडेलकाे खल्तीका भएको समेत बताइएको छ ।

अध्यक्ष कंडेलले प्रस्तुत गरेको नाममा पुर्व अध्यक्ष केदार सिग्देलले समेत असहमति जनाउने भेउ पाएनन् ।
जवकी दुबै जना खगराजकै टिममा भए पनि सिग्देल अध्यक्षकाे उम्मेदवार उठ्दा फरक खेमाबाट कंडेल सचिवकाे उम्मेदवार थिए र भगवती न्याैपाने सँग पराजित भएका थिए । त्यसबेला देखिकाे चिसोपन अहिले पनि यी दुई नेतामा रहेको जानकारहरू बताउँछन् ।
संघ तथा प्रदेशमा एउटै नेता एउटै खेमा भए पनि एमाले तनहुँमा जिल्ला भित्र काे शक्तिशाली ? भन्ने हाेडबाजी पनि रहँदै आएकाे छ । त्यही हाेडका बिच जिल्ला अध्यक्ष कंडेलले छलाङ मारेका छन् । भित्री रूपमा पृथ्वीसुब्बा र खगराज दुबै सँग सन्तुलन मिलाएको जस्तो गरी कुटिलता अपनाउँदै आफुलाई कंडेलले अब्बल नेताको रूपमा चिनाउन चाहन्छन् ।
त्यसाेत कंडेल माथि बैशाखकाे २९/३०/३१ गते भएको अधिवेशन पछि बिधानमा २ महिनामा १ पटक राख्नपर्ने बैठक ६ महिनापछि बल्ल राखेकोले असफलताको बाटो तर्फ गईसकेकाे आराेप पनि छ ।
त्यस्तै उनलेे सचिवालय समेत बनाउन सकेका छैनन् । २८ जनाको सचिवालय बन्नुपर्नेमा अहिलेसम्म ११ जनाको मात्रै सचिवालय बनेको बताइएको छ । अझै यति सम्मकी पदाधिकारी बैठकलाई सचिवालयकाे वैठक समेत भनेको अर्का एक सदस्यले बताए ।
एमाले तनहुँमा ९७ जना महाधिवेशन बाट आएकाे र हाल १७ जना मनाेनित बाट आएसँगै १ सय १४ जनाको समिति पूरा भएको छ । यद्यपि अन्य पार्टीबाट प्रवेश आएमा राख्नलाइ केही सिट राख्न पाउने बिधानमा व्यवस्था भएको समेत बताइएको छ ।
























