म्याग्देमा सार्वजनिक सुनुवाइ सम्पन्न

म्याग्देमा सार्वजनिक सुनुवाइ सम्पन्न

म्याग्दे गाँउपालिकाले चालु आ.व. २०८१।०८२ को पहिलो त्रैमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
गाँउपालिका र त्यस अन्तरगत रहेका कार्यपालिकावाट सम्पादित कार्यक्रम र विकास आयोजना, सुशासन तथा सेवा प्रवाह एवम् विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारिताको सन्दर्भमा जनतालाई जानकारी गराउने र सुझाव लिने उद्येश्य अनुरुप पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

म्याग्दे गाँउपालिका वडा नं १ ,२ र ३ नं वडा वासी लक्षित सार्वजनिक सुनुवाइ वडा नं २, को वडा कार्यलयमा भएको थियो । कार्यक्रममा सहभागीहरूले उठाएको प्रश्नकाे म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी लगायत सम्बन्धित वडा तथा शाखा प्रमुखहरूले जवाफ दिएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page