प्राइम सहकारी ठगी प्रकरणमा एमाले नेता श्रेष्ठ पक्राउ
पाेखराकाे प्राइम सहकारी ठगी प्रकरणमा एमाले नेता शंकरनारायण श्रेष्ठ पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले गरेको पक्राउ अनुमतिले नेता श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरि बुझाएको हाे ।

श्रेष्ठलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रनाउ वसन्त कुमार शर्माले बताए ।

























