पराशर कलेज ऐच्छिक गणित पढ्ने विद्यार्थीको आकर्षणको केन्द्र बन्दै
पराशर कलेजमा ऐच्छिक गणित पढ्ने विद्यार्थीको आकर्षण बढ्दै गएको छ । व्यास नगरपालिका-४ मा रहेको उक्त कलेजमा नयाँ शैक्षिकसत्र
०८१/०८२ मा कक्षा ११ मा ऐच्छिक गणित पढ्ने विद्यार्थीको संख्या २८ जना पुगेको हो । त्यस्तै गतबर्सको परिक्षामा १२ कक्षामा भर्ना भएका १७ जनामा सबै जना पास भएको कलेजका गणित शिक्षक मीन बहादुर कार्कीले जानकारी दिए ।

कलेजमा योग्य शिक्षक एबम गुणस्तरीय शिक्षा भएकाले पनि पराशरमा विद्यार्थीको आकर्षण बढेको कार्कीले बताए ।

पछिल्लो समय ऐच्छिक गणित पढ्ने विद्यार्थीको संख्या देशैभरी घट्दै गएपनि पराशर कलेजमा भने बढ्दै गएकाे छ।
























