म्याग्देकाे स्थानीय गित भिडियो छायांकन

तनहुँकाे म्याग्दे गाउँपालिकाकाे स्थानीय गित भिडियो छायांकन भएको छ । गाउँपालिका भित्रका शैक्षिक , एतिहासीक , धार्मिक , साँस्कृतिक क्षेत्रहरूलाइ समेटेर गित छायांकन गरिएको हाे ।

गाउँपालिकाकाे किल्चाेक अकला , कान्छी वाराही झरना , गुणादी वाराही , छाङ्ग हटिया , हर्षपुर हाेमस्टे , जामुने लाखेनाच , बहपुर सुन्तला र बहपुर हाेमस्टे , सहिद लालध्वज गुरूङ स्मृति पार्क , सेतीनदि किनार , अकला , मीन मावि , गाउँपालिका प्रशासकिय भवन , सभाहल , अस्पताल , अकला मन्दिर , ट्रि हाउस लगायतका ठाउँहरू र अन्य वडाहरूमा छायांकन गरिएको गाउँपालिकाले जनाएको छ ।

























