“पार्सल” भन्दै पठाइएको लागु औषध सहित तनहुँका एक युवा पक्राउ

“पार्सल” भन्दै पठाइएको लागु औषध सहित तनहुँका एक युवा पक्राउ

पार्सल” भन्दै पठाइएको लागु औषध सहित तनहुँका एक युवा पक्राउ परेका छन् ।

तनहुँकाे आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा यात्रुवाहक माईक्रो बसमा काठमाण्डौबाट पार्सलको रुपमा लुकाई छिपाई पठाइएको अवस्थामा प्रहरीले लागु औषध फेला पारेको थियो । प्रहरीले Diazepam- ४३ एम्पूल, Phenergan-४३ एम्पूल र Buprenorphine-४३ एम्पूल गरी जम्मा १२९ एम्पूल नियन्त्रित लागु औषध फेला पारेपछी उक्त कार्यमा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा शुक्लागण्डकी न.पा.-२ गाँछेपानी स्थित पृथ्वी राजमार्गबाट ऐ.ऐ. वडा नं. ८ बस्ने वर्ष ३५ को राज कुमार सेनलाई पक्राउ गरेको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page