पूर्व अध्यक्षहरूको चलखेलले रोट्याक्टमा एक वर्ष देखि आगामी अध्यक्षको चयन हुन सकेन

पूर्व अध्यक्षहरूको चलखेलले रोट्याक्टमा एक वर्ष देखि आगामी अध्यक्षको चयन हुन सकेन

दमौलीमा सामाजिक कार्यमा सक्रिय रहेको पुरानो सामाजिक संस्था रोट्याक्ट क्लब अफ दमौलीको वर्ष २०२४÷२५ को आगामी अध्यक्षको चयन हुन सकेको छैन् । गएको २०८० पुस महिनामा अध्यक्षको नोमिनी र चयन सँगै हुन पर्ने थियो । तर उक्त समयमा रवि अधिकारी रोटा वर्ष २०२४÷२५ को अध्यक्ष चयन गरिएता पनि अध्यक्ष नोमिनी भने चयन हुन सकेकाे थिएन ।

अध्यक्षको नोमीनीमा विशाल खत्री, पवन कार्की, यमकुमार बतास र श्रीराम गन्दर्भ दाबेदार रहेका थिए । रोटा वर्ष २०२३÷२४को अध्यक्ष बनाउन अध्यक्ष नोमीनीका दाबेदारहरुले रबिलाई बनाउन सहमति गरेकाले रविले अध्यक्ष पाएका थिए । उक्त समयमा अध्यक्षको नोमीनी चयन गर्नुपर्नेमा पूर्वअध्यक्षहरुको चलखेलका कारण अहिले सम्म अध्यक्षको नोमीनी टुङ्रगो लगाउन नसकेको क्लवका एक सदस्यले बताए ।
अध्यक्ष चयन र नोमिनी सँगै गर्नुपर्ने क्लबमा प्रावधान रहेको छ, तर अहिले सम्म अध्यक्षको नोमिनी टुङग्याउन सकिएको छैन । ” क्लबमा नोमिनी भनेको अर्काे वर्षको सभापति भनेर बुझिन्छ ।

रोटा वर्ष २४÷२५ को कार्यकाल सकिनै लाग्दा अहिले सम्म अध्यक्षको ईलेक्ट र नोमिनीको नाम टुङगो लगाउन सकेको छैन अर्का एक पदाधिकारी सदस्यले भने । पछिल्लो समय बसेको क्लबको बैठकले गएको शनिबारमा ईलेक्ट अध्यक्ष र नोमिनी अध्यक्ष टुङगो लगाउने भनेता पनि अहिले सम्म टुङगो लगाउ नसकेको बताइएको छ ।
यस सम्बन्धमा क्लवका पुर्व अध्यक्ष मनाेज राउत सँग सम्पर्क गर्दा यसमा पुर्व अध्यक्षहरूकाे कुनै चलखेल र दाेस नभएको बताए । पुर्व अध्यक्षहरूले सर्वसम्मत निर्णय गरेर निवर्तमान अध्यक्ष अनुज बिमलीलाइ बुझाएको भए पनि उनले आधिकारीक घाेसणा नगर्दा पेन्डिङमा रहेको र खारेज हुने अवस्थामा आएकाे उनलेे दावी गरे । हालका अध्यक्ष रविले पुरानो सबै खारेज गरेपछी अब सुरुवात बाट नयाँ टिम आउने उनलेे बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page