५० लाख धराैटी रकम बुझाएपछि एमाले नेता श्रेष्ठ रिहा
पोखरामा रहेको प्राइम सहकारीको रकम अपचलन आरोप लागेका एमाले नेता शंकरनारायण श्रेष्ठ जेलमुक्त भएका छन् ।
मंसिर ८ गते प्रहरीले पक्राउ गरी ११ गते उनलाई अदालत पेस गरेको थियो । जिल्ला अदालत कास्कीले ५० लाख धरौटी माग गरेकामा साेही दिन नबुझाउँदा श्रेष्ठ कारागार चलान भएका थिए ।

अदालतकाे माग बमोजिम ५० लाख धराैटी बुझाएपछि उनी बुधबार रिहा भएका हुन् ।

























