नेपाल भूतपूर्व सैनिक क्लव तनहुँकाे अध्यक्षमा सहविर

नेपाल भूतपूर्व सैनिक क्लव दमाैली तनहुँकाे अध्यक्षमा क्याप्टेन सहविर उच्चै सर्वसम्मत चयन भएका छन् ।
क्लवकाे बिहीबार आफ्नै भवनमा सम्पन्न १३ औ अधिवेशनबाट सहविरकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हाे । समितिकाे उपाध्यक्षमा सुवेदार मदराज मल्ल , सचिवमा क्या साेमबहादुर थापा , काेशाध्यक्षमा अ सु मे सुर्यबहादुर थापा र सहसचिवमा अ सु मे केशबहादुर थापा चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा सु . नेत्रबहादुर बस्नेत ,अ ना सु देवीराम कार्की , सु दामोदर शाही , इन्स्पेक्टर आशा कुमार प्रधान , सु चिनबहादुर भण्डारी , ना राधेश्याम श्रेष्ठ , ना . रनबहादुर गुरूङ , ज . शान्ता खवास , पवित्रा राना र दिलमाया थापा चयन
भएको निर्वाचन संयाेजक क्याप्टेन सन्त लाल श्रेष्ठले बताए ।

त्यस अगाडि भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मानार्थ सदस्य एवं पुर्व वृटिस सेनाका सिपीएल केहरसिँह थापाले क्याप्टेन तारालाल मल्लकाे कार्याकाल अत्यन्तै उत्कृष्ट रहेको बताए । मल्ल नेतृत्वको समितिले भूपूहरूकाे मर्म र महत्त्व बुझेर काम गरेको भन्दै प्रमुख अतिथि थापाले भूपूहरूलाइ समय अनुसार चलायमान बनाउनुपर्ने बताए ।
कार्यक्रममा बिशिस्ट अतिथि ग्रिन उइच एक्स सर्भिसमेन एशाेसीयसन लण्डनका अध्यक्ष हरिकुमार मल्लले पद लिँदा मात्रै हाेइन नलिँदा पनि क्लवकाे लागि काम गर्नुपर्ने भन्दै समाज बिकासमा भूपूहरूकाे याेगदान महत्त्वपूर्ण रहेको बताए । भूपूहरूले आफ्नाे ज्ञान सीप , क्षमता र अनुभव अनुसार क्लव तथा समाजमा याेगदान दिनसक्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा पुर्व मेयर सार्जन शुन्दर गुरूङ , व्यास ४ का अध्यक्ष ले . मनबहादुर गुरूङ , पुर्व अध्यक्ष एवम् सल्लाहकार ले . देवबहादुर गुरूङ , सल्लाहकार क्याप्टेन सुर्जकुमार मल्ल लगायतका वक्ताहरूले बाेलेका थिए ।
सहभागी वक्ताहरूले १० वर्षदेखि हुन नसकेको बिधान संशोधन गर्ने महत्त्वपूर्ण काम , क्लवकाे लागि सहयोग जुटाउने काम , जिर्ण भएको परामर्श केन्द्रलाई व्यास नगरपालिका सँग समन्वय गरेर मर्मतसम्भार गर्ने काम तथा वीर गाेर्खाली स्तम्भ बनाउन सफल भएकोमा क्या तारा मल्ल नेतृत्वको कार्यसमितिलाई धन्यवाद दिएका थिए ।
क्लवका अध्यक्ष क्याप्टेन तारा लाल मल्लकाे अध्यक्षतामा भएको कार्यक्रमकाे स्वागत उपाध्यक्ष क्याप्टेन सहविर उच्चैले , धन्यवाद मानार्थ सदस्य हवल्दार खड्कबहादुर आलेले र सञ्चालन सचिव सुवेदार मदराज मल्लले गरेका थिए ।
साे अवसरमा विभिन्न क्षेत्रबाट याेगदान पुर्याउने तथा सहयोग गर्ने भूपू हरूलाइ सम्मान गरिएको थियो ।
मंसिर २ गते सम्पन्न बृहत् वार्षिकोत्सब कार्यक्रममा सहयोग पुर्याउने अ ने सु प्रेमबहादुर पुन , पदम परियार
र दिलमाया थापा लगायतलाई सम्मान गरिएको थियो । अधिवेशनमा क्या सन्तलाल श्रेष्ठको संयाेजकत्वमा क्या सुर्जकुमार मल्ल र ले देवबहादुर गुरूङ सदस्य रहेको निर्वाचन मण्डल बनेको थियो ।
























