म्याग्देकाे सभाहलकाे मंसिर २१ गते उद्घाटन हुने

म्याग्देकाे सभाहलकाे मंसिर २१ गते उद्घाटन हुने

तनहुँकाे म्याग्दे गाउँपालिकाले वडा नम्बर ३ बेल्टार स्थित ठुलो बगैंचामा निर्माण गरेको सुविधा सम्पन्न सभाहलकाे मंसिर २१ गते उद्घाटन गरिने भएको छ । हालै बसेकाे कार्यपालिका बैठकले उक्त सभाहल गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरे दुई जनाले संयुक्तरूपमा उद्घाटन गर्ने गरि मिति तय गरेको हाे । यस अघि असाेज महिनाको घटस्थापना पारेर उद्घाटन गर्ने तय गरिएको भए पनि विभिन्न कारणले उद्घाटन राेकिएकाे थियो ।

सुर्य÷एमएनसी लोयल जेभी पोखराले भ्याट रकम बाहेक २ करोड ९८ लाख ७२ हजार ६७१ रुपैयाँमा उक्त सभाहल निर्माण सम्झौता गरेको थियो । २०७७ चैत २६ गते निर्माण सम्झौता भएको र निर्माण गरिसक्नु पर्ने अवधि २०८१ असार ३० गते भित्र सभाहल निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारीले बताए ।

उक्त सभाहल निर्माणको लागि स्थानीय सरस्वती घिमिरेको परिवारले ८ आना जग्गा निशुल्क उपलब्ध गराएका थिए भने अरू सार्वजानिक जग्गामा सभाहल निर्माण गरिएको हाे । सभाहल करिब ७ सय जनाको क्षमता रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page