थर्पुकाे सुप्रिम सहकारीमा चाेरी

थर्पुकाे सुप्रिम सहकारीमा चाेरी


तनहुँकाे थर्पु बजारमा मुख्य कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारीमा चाेरी भएको छ । राति करिब १२.३० बजेको समयमा सहकारी सँगै जाेडिएकाे अर्को घरको छतबाट चाेर सहकारीमा पसेको बताइएको छ ।

चाेरले सहकारीको काउण्टरमा रहेको २१ हजार पैसा चाेरेर लगेको सहकारीका अध्यक्ष मनाेज अधिकारीले बताए । सिसी क्यामरामा चाेरकाे हुलिया हेर्दा माक्स टाेपी ज्याकेट लगाएको देखिन्छ ।

अध्यक्ष अधिकारीका अनुसार प्रहरीले यस बारेमा अनुसन्धान अगाडि बढाइसकेकाे छ र केही मानिसलाई निगरानी गरेको छ । काउण्टर बाहेकको ठाउँमा चाेरीकाे प्रयास गरिरहँदा सहकारीमै रहेका कार्यालय सहयोगीले थाहा पाएपछि हारगुहार गरेपछि चाेर भागेको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page