तनहुँ आएकाे एक महिनामै तनहुँका प्रजिअ थापाको नमुना काम !

तनहुँ आएकाे एक महिनामै तनहुँका प्रजिअ थापाको नमुना काम !

कात्तिक १३ गते देखि तनहुँकाे प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी सम्हालेका श्यामकृष्ण थापाले छाेटाे समयमै सेवाग्राहीमुखी काम गरेका छन् । पहिलोपटक गृहकाे अनुभव सहित कार्यभार सम्हालेका थापाले आएकाे एक महिनामा नागरिकमैत्री काम गरेर देखाएका छन् ।

सुरुमा कसले पठायो , कसको मान्छे आदि इत्यादि टिप्पणी हुँदै आएका थापाले त्यसलाई चिर्न र तनहुँका नेतासँग सन्तुलन मिलाउँदै कसरी काम गर्लान् भन्ने आम चुनाैती र चासोका बिच छाेटाे समयमै सुधारका कामहरू गरेर आँफुलाइ अब्बल सावित गरेका छन् ।


स्थानीय तहमा लामो अनुभव लिएका प्रजिअ थापाले
लामो समयदेखि लिन नआऊँदा थन्किएर बसेका राष्ट्रिय परिचयपत्रलाइ जिल्लाका संम्बन्धित पालिकमा पठाई पालिकाबटै वितरण गर्ने कार्यकाे सुरुवात गरेका छन् । बिहीबार मात्रै आँबुखैरेनिबाट त्यसको सुरुवात थापा आँफैले गरेका छन् । उनको याे कदमले परिचयपत्र लिन सदरमुकाम धाउन नपर्ने भएको छ र सेवाग्राहीहरू खुसी भएका छन् ।


जिल्ला प्रशासन कार्यालयमा हाल ४० हजारकाे आसपास परिचयपत्र थन्किएको अवस्थामा प्रजिअ थापाले यस्तो कदम चालेका हुन् । यस्तै प्रजिअ थापाले जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवालाई प्रभावकारी बनाउन तथा कार्यालयले दिने सेवा सम्बन्धमा जानकारी लिन र गुनासो दर्ताका लागि तयार गरेको क्युआर काेड तयार पारेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page