छाङ युवा संजाल द्वारा प्रेम गुरूङकाे परिवारलाई १ लाख ६० हजार सहयोग

छाङ युवा संजाल द्वारा प्रेम गुरूङकाे परिवारलाई १ लाख ६० हजार सहयोग
Oplus_0

छाङ युवा संजालद्वारा आयोजित ‘प्रेम स्मृती’ कपमा संकलित रकम छाङ युवा संजालका युवाहरूले सहयोग गरेका छन् ।
छाङका भलिबल खेलाडी स्वर्गिय प्रेम बहादुर गुरूङको परिवार (श्रीमती गिता गुरूङ, छोरीहरू: प्रिन्सा गुरूङ प्रियङ्का गुरूङ) लाई संजालकाे तर्फबाट रू. १ लाख ६० हजार सहयोग हस्तान्तरण गरिएको संजालका युवा गाैरबराज रानाले बताए । उक्त रकमबाट स्वर्गीय गुरूङकाे परिवारमा शिक्षा सँगै दैनिकीकाे लागि सहज हुने संजालले अपेक्षा गरेको छ ।

संजालका संस्थापक अध्यक्ष नर सिं रानाकाे अध्यक्षतामा आयाेजित सहयोग हस्तान्तरण कार्यक्रममा प्रतियोगिताका संयोजकहरू सन्तोष राना , गौरवराज राना तथा संजित आलेले शुभकामना व्यक्त गरेका थिए । उक्त अवसरमा छाङ युवा संजालका अध्यक्ष भक्त्त बहादुर गुरूङले आय व्यय प्रस्तुत गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page