आँबुखैरेनी अस्पतालमा अप्रेसन सेवा सुरु
आँबुखैरेनी अस्पतालमा सनिवार ५९ वर्षीय पुरुष बिरामी माधव प्रसाद वाग्लेकाे हर्नियाको सफल अप्रेशन भएको छ । वाग्लेकाे अप्रेसन सँगै आँबुखैरेनी अस्पतालले अप्रेशन सेवा सुरु भएको जनाएकाे छ ।

अस्पतालले स्वास्थ्य सेवा अन्तर्गत नयाँ अध्याय सुरु गरेको समेत जनाएको छ । अस्पताल अन्तर्गत मेजर शल्यक्रिया हर्निया, एपेन्डिक्स, सी. एस. (CEONC केन्द्र सञ्चालनको अनुमती प्रदान भएपछि) लगायतका अप्रेशन सेवा आवश्यक भएको बिरामीहरू अस्पतालमा चेक जाँच पश्चात सेवालिन सक्नुहुने बताइएको छ ।

दमौली अस्पताल प्रमुख डा. परिवर्तन बराल
एनस्थेसिया सहायक: कुशल भट्टराई आँबुखैरेनी हस्पिटलबाट: मेडिकल सुपरिटेन्डेन्ट: डा. डी.बी. क्षेत्री नर्सहरू: पूजा रावल, सीमा सापकोटा क्षेत्री , प्रयोगशाला प्रमुख: अमृत पण्डित , ओ टि सहयोगी: श्रावण बुढाथोकी लगायतको टिमले अप्रेसन गरेको समेत अस्पतालले जनाएको छ ।
























