म्याग्दे सभाहलकाे अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष घिमिरेबाट संयुक्त रूपमा उद्घाटन

म्याग्दे सभाहलकाे अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष घिमिरेबाट संयुक्त रूपमा उद्घाटन

तनहुँकाे म्याग्दे गाउँपालिकाले वडा नम्बर ३ बेल्टार स्थित ठुलो बगैंचामा निर्माण गरेको सुविधा सम्पन्न सभाहलकाे मंसिर २१ गते सुक्रवार उद्घाटन गरिएकाे छ ।
सभाहलकाे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरे दुई जनाले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बाेल्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकाकाे वर्तमान जनप्रतिनिधिकाे टिम जनताप्रति जिम्मेवारी रहेर इमानदारीताका साथ काम गरिरहेकाे बताए ।
म्याग्देका जनतालाई सुखी र समृद्ध कसरी बनाउन सकिन्छ भन्ने बारेमा गापा सचेत छ अध्यक्ष श्रेष्ठले भने ।
बिगतका राम्रो कामहरूकाे निरन्तरता दिँदै स्वास्थ्य , शिक्षा , कृषि लगायतका बिषयमा गाउँपालिकाले नयाँ काम अगाडि बढाइरहेको उनलेे बताए । गाउँपालिकाकाे साधन श्राेतकाे अधिकतम सदुपयोग गर्दै पुराना काममा सम्पन्नता र नयाँ कामकाे सुरुवात भइरहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

राम्रो काम गरिरहँदा राम्रो भएको छ भन्नसक्नुपर्नेमा बिराेधकै लागि बिराेध भइरहेको उनको भनाइ थियो ।
बिकासका याेजना गाउँमा लम्किरहेका छन् तरपनि जनतालाई हताेत्साहि बनाउने काम भइरहेको देख्दा दुख लागेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा उपाध्यक्ष बालकृष्ण घिमिरेले पार्टीका प्रतिनिधिकाे काम नकारात्मक कुरा मात्रै गर्ने हाेकी सकारात्मक कुरा गरेर समाजलाई रूपान्तरण गर्ने हाे भन्ने प्रश्न गरे । बिकास र आयआर्जनका काम तिर ध्यान नदिएर बेलायत र अमेरिकाकाे उदाहरण दिँदै अनावश्यक अफवाह फैलाउनेकाे पहिचान गरि त्यस्ता व्यक्ति सँग सचेत हुन घिमिरेले आग्रह गरे ।
गाउँपालिकाले गरेका महत्त्वपूर्ण कार्यक्रम बारेमा केही कुरा नगर्ने तर उडन्ते ,काल्पनिक कुरा गरेर जनता भड्काएर समस्याको समाधान नहुने भन्दै जनताको हितको बारेमा कुरा उठाउन घिमिरेले आग्रह गरे ।
समाज गलत प्रवृत्ति तिर भड्किँदै जाँदा देश कता जाँदै छ ? उनको प्रश्न थियो ।

म्याग्दे गाउँपालिकाका निवर्तमान अध्यक्ष मायादेवी रानाले गाउँपालिकाले राम्रो काम गरेको छ भन्ने सुन्न पाउँदा खुसी लाग्ने गरेको बताइन् । अधिकाँस याेजनाहरू आफ्नै पालामा सुरुवात भएको उनलेे स्मरण गरिन् ।
कार्यक्रममा म्याग्ले १ का वडा अध्यक्ष एवं गापा प्रवक्ता मणिभद्र वाग्ले , वडा अध्यक्षहरू टुकराज अधिकारी , दिपक श्रेष्ठ , बसन्त कुमार श्रेष्ठ , कार्यपालिका सदस्य चिनीमाया थापा , वडा सदस्य जुक्तराज वाग्ले , बालचन्द्र घिमिरे लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका म्याग्दे सभापति रामभक्त घिमिरे , नेकपा एमालेका घनश्याम घिमिरे , नेकपा माओबादिका बालकृष्ण श्रेष्ठ , राष्ट्रिय स्वतन्त्र पार्टीका मनाेज अधिकारी , हुत्तमणी अधिकारी लगायतले बाेलेका थिए ।

सुर्य÷एमएनसी लोयल जेभी पोखराले भ्याट रकम बाहेक २ करोड ९८ लाख ७२ हजार ६७१ रुपैयाँमा उक्त सभाहल निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । प्रमुख प्रशासकिय अधिकृत अधिकारीले गाउँपालिकाले पुर्वाधार निर्माणमा फड्को मारेको बताए ।

सभाहल निर्माणको लागि स्थानीय सरस्वती घिमिरेको परिवारले ८ आना जग्गा निशुल्क उपलब्ध गराएका थिए भने अरू सार्वजानिक जग्गामा सभाहल निर्माण गरिएको हाे । सभाहल करिब ७ सय जनाको क्षमता रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page