म्याग्दे ४ घुम्तीमा रहेको बाल उद्यान पार्कमा झण्डाेत्ताेलन !

म्याग्दे गाउँपालिका वडा नं ४ स्थित फुलवारी डाँडालाई बाल उद्यान पार्क बनाइएको छ । घुम्ती टाेल बिकास संस्थाका अध्यक्ष डिलबहादुर थापाको अध्यक्षतामा भएको बाल उद्यान पार्कमा झण्डाेत्ताेलनकाे म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।


कार्यक्रममा जिल्ला समन्वयका सदस्य डाेलबहादुर सुनार,म्याग्दे ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठ , ७ का अध्यक्ष वसन्तकुमार श्रेष्ठ , म्याग्दे ४ का निवर्तमान अध्यक्ष प्रेमबहादुर थापा , आमा समुहका अध्यक्ष राजुमाया थापा र यमकुमारी श्रीमल , थर्पु प्रहरी चाैकीका इन्चार्ज देवराज भण्डारी लगायतले बाेलेका थिए ।
घुम्ती टाेल बिकास संस्था आयाेजक र घुम्ती युवा क्लव म्याग्दे ४ सहआयाेजक रहेर भएको उक्त झण्डाेत्ताेलन कार्यक्रमकाे टाेलका उपाध्यक्ष कमल पाेख्रेलले स्वागत र सञ्चालन सचिव सम्भु विक ले गरेका थिए ।
स्थानीय घुम्ती युवा क्लवमा आबद्ध स्वदेश तथा बिदेशमा बस्ने युवाहरू बाट संकलित करिब १ लाख ५० हजारले हाल पार्कमा पिङ , बस्ने बेन्च , टिटिवल झण्डा लगायतका सामाग्री राख्दै गएको क्लवका अध्यक्ष खुसी राम नेपालीले बताए ।
यस्तै म्याग्दे ४ वडा कार्यालयबाट अहिलेसम्म ३ लाख उपलब्ध भएको र त्यसले सम्याउने , सिंढी , रेलिङ लगायतका सामाग्री बनाउने टाेलबिकास संस्थाले जनाएको छ । यस्तै वडाले यसपटक पुन दुई लाख छुट्याएको वडाअध्यक्ष दिपक श्रेष्ठले बताए ।
पृथ्वीराजमार्गमा दैनिक आवतजावत गर्ने हजारौं मानिसहरूले सजिलैसँग देख्न सक्ने उक्त पार्क आन्तरीक पर्यटकहरूकाे राेजाइमा पर्न सक्ने स्थानीयले बताएका छन् । फाेटाे खिच्न , टिकटक बनाउन र वरपरका ठाउँहरूकाे दृश्यावलाेकन गर्न सकिने उक्त ठाउँ पिकनिक स्पाेर्टकाे रूपमा समेत बिकास हुन सक्ने आँकलन गरिएको छ । झण्डाेत्ताेलन पछि उक्त ठाउँलाई लिगलिगकाेट सरहको आकर्षक पर्यटकीय ठाउँ बन्न सक्ने र लिगलिगकाेटकाे झल्को मेटाउन सक्ने ठाउँको रूपमा हेरिएको छ ।

























