चौथो ऋषिङ अध्यक्ष कपकाे उपाधि गलकोट नगरपालिकालाई:

चौथो ऋषिङ अध्यक्ष कप अंतर पालिका स्तरीय भलिबल प्रतियोगिताकाे उपाधि गलकोट नगरपालिकाले जितेको छ । प्रतियोगितामा सहभागी ११ टिमलाई पछि पार्दै गलकाेटले फाइनल खेलमा शुक्लागण्डकी नगरपालिका लाई पराजित गरि उपाधि जितेको हाे । प्रथम भएको गलकोट न.पा.ले १ लाख ८७ हजार नगद प्राप्त गरेको छ । प्रतियोगितामा बिजयि टिमलाई कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ नाथ न्याैपानेले पुरस्कार वितरण गरेका थिए ।


ऋषिङ – २ का अध्यक्ष एवम खेलकुद समिति संयोजक दल बहादुर थापाकाे अध्यक्षतामा भएको कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, निवर्तमान जी. स. स. सदस्य निल बहादुर थापा लगायतका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page