बजार इकाईले २३ र २४ गते दमाैली बजारको सडक पखाल्ने:

तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजार इकाईले यही फागुन २३ र २४ गते दमाैली बजारका सडक पखाल्ने भएको छ । व्यास नगरपालिकाकाे सहयोगमा दमकल बाट सडक धाेइ सफाइ गरिने दमाैली बजार इकाईका सभापति सुकनारायण मल्लले बताए । त्यसको लागि नगरपालिकालाई पत्र दिइसकेको उनले जानकारी दिए ।

पृथ्वीराजमार्ग सडक बिस्तारका क्रममा त्यस वरपरका स्थानीयवासि मात्रै नभै सिङ्गो बजार एरियाकाे व्यापार व्यवसाय नैँ धुलो मैलोले प्रभावित भएकोमा केही हदसम्म भए पनि नियन्त्रण गर्न सकिन्छकि भनेर यस्तो कदम चालिएको मल्लले बताए । नेपालीहरूकाे महान चाड शिवरात्रि लाई लक्षित गरि बजारका सडक सरसफाइ गर्न लागिएको सभापति मल्लले प्रस्ट्याए ।

इकाईले शिवरात्रिका अवसरमा भक्तजनहरू लाई पञ्चमन्दिरमा निशुल्क चियापान पनि गर्ने निर्णय गरेको छ । यस्तै फागुपुर्णिमाकाे अवसरमा दमाैलीमा हाेलि विशेष कार्यक्रम समेत गर्ने सभापति मल्लले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page