भिमाद नगरपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड तथा आठौँ मेयर कप आज बाट सुरु

भिमाद नगरपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड तथा आठौँ मेयर कप आज बाट सुरु

भिमाद नगरपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड तथा आठौँ मेयर कप -२०८१ शुक्रबारबाट सुरु भएको छ । भिमाद नगरपालिकाको आयोजनामा संचालन गरिएको सो प्रतियोगिताको नगर प्रमुख दधिराज सुवेदीले भिमाद रङ्गशालामा उद्घाटन गरेका छन् ।

प्रतियोगितामा भलिबल छात्र/छात्रा, एथलेटिक्स छात्र/छात्रा (१०० मि., २०० मि., ४०० मि., ८०० मि., १५०० मि., ३००० मि. ४/४ जनाको १०० मि.रिले, ४/४ जनाको ४०० मि.रिले दौड), फिल्ड तर्फ (हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभ्लिङ थ्रो, सटपुट) लगायतका खेलहरू समावेश गरिएका छन् ।

प्रतियोगिता ३ दिनसम्म भिमाद रङ्गशालामा जारी रहने भिमाद नगरपालिकाले जनाएको छ । उद्घाटन कार्यक्रममा ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ , भिमाद उपप्रमुख सारदा खनाल लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page