थर्पु अस्पतालकाे स्वास्थ्यमन्त्री पाैडेलले सनिवार उद्घाटन गर्ने

थर्पु अस्पतालकाे स्वास्थ्यमन्त्री पाैडेलले सनिवार उद्घाटन गर्ने

म्याग्दे गाउँपालिका–४ थर्पु बजार नजिक निर्माण सम्पन्न भएको १० शय्याको आधारभूत अस्पतालकाे भाेली सनिवार उद्घाटन हुने भएको छ ।   
    
अस्पतालकाे स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पाैडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । विसं २०७८ जेठ २ गतेदेखि निर्माण सुरु भएको अस्पताल भवन निर्माण सम्पन्न भए सँगै उद्घाटन हुन लागेको हाे । ऋषि शक्ति/होम निर्माण जेभी कम्पनीले बनाएको भवनको सात करोड ३४ लाख ५० हजार एक सय ९६ रुपैयाँमा ठेक्का लागेको थियो । हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको निर्णय बमोजिम अस्पताल निर्माण गरिएको गाउँपालिकाकाले जनाएको छ ।

 
 अस्पतालमा एक मेडिकल अधिकृत, एक नर्सिङ अधिकृत, चार स्टाफ नर्स, चार ‘हेल्थ असिसटेन्ट’ र दुई फार्मेसीलगायत २३ जनाको दरबन्दी रहने छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page