तनहुँ प्रेसका कार्यकारी सम्पादक खनाल सर्वाधिक लाेकप्रिय मतसहित विजयी

तनहुँ प्रेसका कार्यकारी सम्पादक खनाल सर्वाधिक लाेकप्रिय मतसहित विजयी
Oplus_0

नेपाल पत्रकार महासंघ तनहुँकाे सुक्रवार सम्पन्न अधिवेशन बाट सर्वाधिक लाेकप्रिय मतका साथ तनहुँ प्रेसका कार्यकारी सम्पादक बिकास खनाल खुल्ला सदस्यमा बिजयी भएका छन् ।
कार्यकारी सम्पादक खनालले कुल खसेको ४४ मतमध्ये ४१ मत ल्याएको निर्वाचन मण्डलका संयाेजक कमला माेहन वाग्लेले बताए । अधिवेशनले काङ्ग्रेस एमाले गठवन्धनबाट प्रेस युनियनको तर्फबाट उम्मेदवार बनेका डिपि अधिकारीले ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् । अधिकारी सँग प्रेस सेन्टरकाे समर्थनमा प्रेस चाैतारीबाट विद्राेह गरेर उम्मेदवार बनेका नारायण खड्काले ११ मत ल्याएका थिए ।
यस्तै उपाध्यक्षमा प्रताप राना ३० मत ल्याइ विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी प्रेस सेन्टरका सानेबहादुर नेपालीले ११ मत पाएका छन् । सचिवमा कृष्ण न्यौपानेले २६ मत ल्याइ बिजय हुँदा अस्मिता खनालले १६ मत , सहसचिव खुलामा ऋषिकान्त दुवाडीले ३० मत ल्याइ विजयी हुँदा बिनोद ढुंगानाले १३ मत ल्याएका थिए ।

यस्तै समितिकाे सदस्यहरूमा अशोक विककाे ११ मत ,उपेन्द्र खनालकाे ३५ मत , राजेश्वर हड्खलेकाे ३० मत र विष्णु गौतमकाे ३६ मत आएकाे थियोे । जसमा काङ्ग्रेस एमाले गठवन्धन बाट उम्मेदवार बनेका हड्खले , खनाल र गाैतम विजयी भएका थिए । पत्रकार महासंघ तनहुँमा ५१ मत रहेकाेमा ४४ मत मात्रै खसेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page