पत्रकार महासंघ नुवाकोटमा कांग्रेस , एमाले गठवन्धन र माओवादीको बराबरी भोट
नेपाल पत्रकार महासंघ नुवाकोटको निर्वाचनमा कांग्रेस-एमाले गठबन्धन र माओवादी-एकीकृत समाजवादी गठबन्धनबीच भएको प्रतिस्पर्धामा बराबरी मत आएकाे छ ।

अध्यक्ष पदमा कांग्रेस निकट पत्रकार नवराज सुवेदी र माओवादी निकट पत्रकार रामहरी गजुरेलले बराबरी ३३/३३ भोट प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। उनीहरू बीच कार्यकाल बाँडफाँडको प्रक्रिया अघि बढ्ने सम्भावना छ ।

उपाध्यक्ष पदमा माओवादी निकट पत्रकार जगदीश खनाल विजयी भएका छन् भने एमाले निकट श्रीराम अधिकारी पराजित भएका छन् । यस्तै महिला उपाध्यक्ष पदमा कांग्रेसकी आत्मा गुरागाई विजयी हुँदा समाजवादीकी जमुना गजुरेल पराजित भइन्।
सचिव पदमा माओवादी निकट सुजित भण्डारी पराजित भए, र एमाले निकट प्रेस चौतारीका सुनिल श्रेष्ठ बिजय भए । कोषाध्यक्ष पदमा कांग्रेसका सुरज सिलवाल विजयी भए, माओवादी पत्रकार विष्णुप्रसाद अधिकारी पराजित भए।
फाेटाे सामाजिक सञ्जाल
























