जेसीआइ व्यास नगरकाे अध्यक्षमा सुमित !
जेसीआई ब्यासनगरको ३० औ शाखा अधिवेशनबाट बर्ष-२०२५ का लागि सुमित ढुंगाना सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । सनिवार देखिकाे रस्साकस्सी र चलखेलका बिच अध्यक्षमा आइतवार राति ढुंगानाकाे अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हाे । ढुंगानाकाे बिषयमा निर्णय हुन नसकेपछि सनिवार राति ९ बजे बाट अर्को सुचना जारी नहुन्जेल सम्मकाे लागि विशेष परिस्थिति भन्दै निर्वाचन कार्यक्रम स्थगित भएको थियो । ढुंगाना सँग पुर्ण विकेले उम्मेदवारी दिएका थिए ।

समितिकाे कार्यकारिणी उपाध्यक्षमा जेसी सनम अधिकारी , कार्यकारिणी उपाध्यक्षमा जेसी सुरज गुप्ता , कानुनि सल्लाहकारमा जेसी गोपाल थापा , महासचिवमा जेसी रवि भुजेल , कोषाध्यक्षमम जेसी डिक्सन मल्ल सर्वसम्मत चयन भएका छन् ।

यस्तै समितिकाे उपाध्यक्षमा जेसी अन्कित गुरुङ , उपाध्यक्षमा जेसी यम बतास , जेसी अनुप राना र जेसी बिरोध श्रेष्ठ तथा सचिवमा जेसी बिनोद कुमार गोशली चयन भएका छन् ।
























