पौष ९ देखि १९ गतेसम्म हुने प्रथम भानु नगर महाेत्सवकाे तयारी तिब्र

पौष ९ देखि १९ गतेसम्म हुने प्रथम भानु नगर महाेत्सवकाे तयारी तिब्र
तनहुँकाे भानु नगर उद्योग वाणिज्य संघको आयोजनामा भानु नगरपालिका–१ भन्सारमा हुने प्रथम भानु नगर महोत्सवकाे तयारी तिब्र पारिएको छ । यहि पौष ९ देखि १९ गतेसम्म संचालन हुने महोत्सवकाे तयारी तिब्र पारिएको आयाेजकले जनाएको छ । 

पर्यटन,कृषि घरेलु उद्योग,व्यापार,शिक्षा,स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याउने उद्वेश्यले महोत्सवको तयारी गरिएको भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं मूल समारोह समिति संयोजक कृष्णकुमार श्रेष्ले बताए । 

संयाेजक श्रेष्ठका अनुसार महाेत्सवमा एक लाख बढी दर्शकको आवागमन हुनुका साथै करिब.६४ लाखको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ ।
महोत्सव सफल बनाउनका लागि मूल समारोह समिती सहित ३९ वटा कार्यगत समिति गठन गरिएको आयोजक समितिका महासचिव कृष्णचन्द्र कोइरालाले जानकारी दिए ।
महोत्सवबाट बचत भएको रकमले भानु नगर उद्योग वाणिज्य संघको निर्माणधीन भवन निर्माण कार्यमा खर्चिने योजना रहेको काेइरालाले बताए ।
महोत्सवमा औद्योगिक प्रदर्शनी तथा खरीद बिक्री,सुन्तला,मास,एवं अदुवा,ताजा तरकारी बिक्री तथा प्रदर्शनी एवं खाना महोत्सव,रमाइलो मेला,चर्चित कलाकार बीचको दोहोरी गीत प्रतियोगिता,आदिवासी जनजातिय भेषभूषा,झाँकी तथा संस्कृति भल्किने कार्यक्रम रहने प्रथम उपाध्यक्ष राजन श्रेष्ठले बताए ।
साँस्कृतिक नृत्य प्रतियोगिता,घरेलु तथा हस्तकलाका सामाग्री प्रदर्शनी एवं बिक्री गरिनुका साथै राष्ट्रियख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सवका प्रवक्ता लालकुमार श्रेष्ठले बताए ।
महोत्सवमा विभिन्न खानाका स्टल,कृषि उत्पादनका बिक्री,विभिन्न अटो कम्पनीका शोरुम,सूचना केन्द्र,प्राथामिक उपचार केन्द्र,विभिन्न व्यापारिक सामग्रीका प्रदर्शनी एवं बिक्री कक्ष लगायतका एक सय २० वटा स्टल रहने छन् ।
यस्ता मेला महोत्सवले स्थानीयस्तरमा उत्पादित कृषि उपज र स्थानीय कलाकारको कला संरक्षणमा सहयोग पुग्नुका साथै आर्थिक कारोवारमा चहलपहल हुने भानुका नगरप्रमुख आनन्द त्रिपाठीले बताएका छन् ।
आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई भाषिकधामको रुपमा विकास गर्न नगरपालिकाले पहलकदमी गर्दै आएको भन्दै त्रिपाठीले भानुकाे बिकास र प्रचारप्रसारमा मेला महाेत्सवले थप बल पुर्याउने बताए । महोत्सवको प्रबद्र्धकमा भानु नगरपालिका रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page