महानिर्देशक कर्ण द्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमाैलीकाे निरीक्षण
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णले तनहुँकाे दमाैलीमा रहेको खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालयकाे निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा महानिर्देशक कर्णले कार्यालयकाे अवस्था र कर्मचारी लगायतको वस्तुस्थितिकाे बारेमा जानकारी लिएका थिए । उक्त अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत श्री नवराज दाहाल, विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत श्री सुमन धिताल लगायत पोखरा कार्यालयका खा.अ.अ. श्री विजन श्रेष्ठ तथा रंजना चौधरी तथा खाद्य नि. अधिकारी श्री अशोक गौतम लगायतको उपस्थिति रहेको थियो ।

उक्त टाेलिलाइ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्योति आचार्य लगायत कर्मचारीहरूवाट स्वागत गरिनुका साथै कार्यालयकाे अवस्था एवम् समस्याको बारेमा जानकारी गराएका थिए ।

























