अवसरबादी नेताको जालमा पर्दा बिकासकाे काम ठप्प – नेता भट्टराई

अवसरबादी नेताको जालमा पर्दा बिकासकाे काम ठप्प – नेता भट्टराई

व्यास १३ स्थित कुकुरढुङगे कृषक महिला समूहको भवन उद्घाटन गरिएको छ ।भवनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्राईले उद्घाटन गरेका थिए । भवन उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य भट्राईले जनताको भावना बुझ्ने पार्टी कांग्रेस भएको हुँदा जनताले कांग्रेसलाई साथ दिनुपर्नेमा जोड दिएका थिए ।

आफू निर्वाचनमा पराजित भएपनि सधै जनताको पक्षमा काम गरिरहने के.स.भट्राईको भनाई थियो । त्यस्तै महिलाहरुलाई आयआर्जन तर्फ अग्रसर बनाउने विषयमा समेत आफू सधै प्रतिवद्ध रहेको के.स.भट्राईको भनाई छ ।

काम नगरी समृद्धिको सपना बाढ्ने अवसरवादी नेताको जालमा पर्दा विकासको गति ठप्प भएको नेता भट्टराईले बताए । करिव ३० लाख रुपैंयाँ लागतमा निर्माण गरिएको सामुदायिक भवनको उद्घाटन गर्दै केन्द्रिय सदस्य भट्टराईले अवसरवादी र समृद्धिको सपना बाढ्ने नभई विना स्वार्थ विकास निर्माण र जनताको सेवामा खटिएको नेतालाई पहिचान गर्न नसक्दा विकासको गति ठप्प भएको दावी गरे । केन्द्रिय सदस्य भट्टराईको पहलमा शहरी विकास तथा भवन निर्माण विभागद्धारा गत बर्ष ३० लाख रुपैंयाँ प्राप्त भएपछि उक्त भवन बनेको हो । 
‘काम नगर्ने तर समृद्धि र विकास निर्माणको चर्को कुरा गर्ने व्यक्तिलाई सजिलै विश्वास ग¥यौं,’ केन्द्रिय सदस्य भट्टराईले भने ‘तर अहिले जनताले विश्वास घात भएको बारेमा बल्ल महशुस गरेका छन् । त्यसैले विश्वास गर्नुअघि घरदैलोमा आउने नेताको विगत बुझ्न सबैलाई आग्रह गर्दछु ।’
आफू तनहुँकै व्यक्ति भएकोले जस्तो सुकै कठिन परिस्थितीमा पनि विचलित नभई जनताको सेवामा जुट्ने केन्द्रिय सदस्य भट्टराईको भनाई थियो । नेपालका ग्रामिण क्षेत्रहरुमा अझैपनि खानेपानी, मोटरवाटो र सामुदायिक भवनहरुको अभाव रहेकोले ती समस्या समाधान गरी गाउँमै रोजगारी सृजना गर्ने तर्फ विशेष कार्यक्रम ल्याउनुपर्नेमा केन्द्रिय सदस्य भट्टराईको जाेड थियो ।
भवन निर्माण पछि आफूहरुलाई कृषि उपज संकलन तथा बैठक र छलफल गर्न समेत सहज भएको कृषक महिला समुहकी अध्यक्ष ओश्मा थापाले बताइन् । 
कार्यक्रममा नेपाली कांग्रेस व्यास नगर अध्यक्ष सूर्यचन्द्र हड्खलेले गरेका कामलाई गरेको भन्न नसक्दा र नराम्रो कार्यलाई प्रतिकार गर्न नसक्दा नेपाली कांग्रेस पछि परेकोले अब सत्य बोल्ने बेला भएको बताए । 
‘अरु पार्टीले सामान्य काम गर्दा पनि ठुलो काम ग¥यौं भन्दै हिड्ने गर्छन,’ व्यास नगर अध्यक्ष हड्खलेले भने ‘ कांग्रेसले विकास गर्छ तर अरुले हामीले गरेको भन्दै हिड्ने चलन छ । अब तपाईहरुले सत्य बोल्ने बेला आएको छ ।’
व्यास नगरपालिका १३ नम्बर वडा अध्यक्ष वसन्त आले, व्यास १३ नम्बर माओवादी केन्द्रका अध्यक्ष कृष्ण रम्तेल, नेपाली कांग्रेस जिल्ला सदस्य सृजना तिवारी, व्यास नगरपालिका १३ नम्बर वडा सदस्य हरिशरण पन्थ, व्यास नगर न्यायिक समिति सदस्य मधुमाया विक, गाउँवेसी कृषि सहकारी संस्था लि.का अध्यक्ष चन्द्रबहादुर आले लगायतले उक्त भवन बनेपछि आफूहरुलाई सहज भएको र स्थानीयको भावना बुझेर भवन निर्माणको लागि पहल गर्नुहुने नेता भट्टराईलाई धन्यवाद व्यक्त गरेका थिए । 
भवन निर्माणको खुशीयालीमा स्थानीयले पञ्चेबाजा बजाएर नाचगान समेत गरेका थिए । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page