म्याग्देकाे कृषि प्रदर्शनी मेलामा कृषकहरू पुरस्कृत:


पाँचौ म्याग्दे स्तरीय कृषि प्रदर्शनी मेला २०८० बिहिवार थर्पुमा सम्पन्न भएको छ । जनसेवा सहकारी संस्था लिमिटेड म्याग्दे ४ थर्पुकाे आयाेजनामा भएको कृषि प्रदर्शनी मेलाको एक समारोहका बिच कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।

जनसेवा सहकारी संस्था लिमिटेडका सभापति दुर्गाबहादुर अधिकारीकाे सभापतित्वमा भएको कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बाल कृष्ण घिमिरे , म्याग्दे गाउँपालिका वडा नं. ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठ , जनसेवा सहकारीका सल्लाहकार हरिबहादुर थापा , सुप्रिम सहकारीका अध्यक्ष मनोज अधिकारी , सहकारीका कृषि संयाेजक एवम् उपाध्यक्ष रामबहादुर थापा , सहकारीका सचिव जितराज राना तथा समितिका निल वहादुर थापा लगायतले बाेलेका थिए ।



उक्त कृषि प्रदर्शनी मेलामा २ सय १२ जना कृषकहरू सहभागी भएका थिए । जसअनुसार हिउँदे बाली तर्फ
प्रथम , काउलीमा – राजेश श्रेष्ठ ,द्वितीय : बन्दामा – आन्दराज काफ्ले , तृतीय : लसुनमा – राजकुमार श्रेष्ठ र
सान्त्वना ः केराउः श्रीमाया थापा रहेका छन् ।यस्तै वर्षे बाली तर्फ प्रथम ः गोलभेडा – उषा थापा ,
द्वितीय ः फर्सी – ज्योतिबहादुर थापा ,तृतीय ः फर्सी – शोभा घिमिरे र सान्त्वना ः कुभिन्डो– मिना गुरुङ रहेका छन् ।
यस्तै जरे बाली तर्फ प्रथम ः आलु – सन्दिप घिमिरे ,द्वितीय ः मुला – दुर्गादेवी वाग्ले , तृतीय ः पिडालु – रेणुका खनाल र सान्त्वना ः तरुल – कमल थापा रहेका छन् भने फलफुल तर्फ प्रथम ः केरा – डिलबहादुर बराल , द्वितीय ः केरा – केशवराज वाग्ले ,तृतीय ः मेवा – कमला थापा र सान्त्वना ः कागती – सिता घिमिरे रहेका छन् ।
मेलामा विविध तर्फ प्रथम ः उखु – कविर एण्ड कविन कृषि फर्म , द्वितीय ः तोरी – पुजा थापा , तृतीय ः अदुवा – रोसनी मगर र सान्त्वना ः भुइ स्याउ – भद्रबहादुर कुमाल रहेका छन् ।
कृषि प्रदर्शनी मेलामा प्रथम हुनेले १ हजार , द्वितीय हुनेले ७ सय , तृतीय हुनेले ५ सय र सान्त्वना हुनेले ३ सय पुरस्कार प्राप्त गरेका छन् । यस्तै हलो जुवा प्रदर्शन गर्ने किसान लाई १हजार रूपया पुरस्कार प्रदान गरिएको छ । कृषि प्रदर्शनी मेलाकाे आर्थिक सहयोग म्याग्दे गाउँपालिकाले गरेको थियो ।



































