व्यास १० दुम्सिमा आजबाट ११ दिने शिव महापुराण सुरु
१७ फागुन । तनहुँ ।
व्यास नगरपालिका वडा नं १० दुम्सि बजारमा ११ दिने संगितमय शिव महापुराण प्रवचन शुरु भएको छ । दुम्सि बजारमा रहेको दुम्दुमेश्वर महादेव शिव पन्चायन मन्दिर परिसरमा शुरु भएको उक्त प्रवचन कार्यक्रमको आज एक कार्यक्रमका बिच व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए । श्रीमद्भागवत गिता प्रवचन वाचक नारायण प्रसाद गैहैलाई हस्तान्तरण गर्दै न्यौपानेले कार्यक्रम शुभारम्भ भएको घोषणा गरेका थिए । उक्त कार्यक्तमा नगर प्रमुख न्यौपानेले यस्ता कार्यक्रमहरुले चेतना जगाउनुका साथै समाजमा धार्मिक आस्था कायम राख्ने विश्वाश व्यक्त गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, व्यासकी उपमेयर ईन्दिरा दरै, व्यास १० का वडा अध्यक्ष खेमराज पोखरेल, व्यास १० का निवर्तमान अध्यक्ष तुलसीराम सापकोटा, बैदिक सनातन धर्म प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कृष्णकान्त काफ्ले , शिव मा.वि. का अध्यक्ष विकास रिजाल लगायतका वक्ताहरूले बाेलेका थिए ।
दुम्दुमेश्वर महादेव शिव पन्चायन मन्दिर संरक्षण समितिका अध्यक्ष धर्म गिरीको अध्यक्षतामा भएको कार्यक्रममा लिला कडेंलले स्वगत र ऋषिराम ढुगांना सेवकले कार्यक्रम संचालन गरेका थिए ।
फागुन १७ गतेदेखि २७ गतेसम्म चल्ने उक्त कार्यक्रममा प्रवचनका साथै शिवपान्चायन मन्दिरमा मुर्ति प्रतिष्ठाको कार्यक्रम पनि गरिनेछ । ११ दिनसम्म चल्ने उक्त कार्यक्रममा १० देखि १५ हजारसम्म भक्तजनहरुहरु आउने आयोजकको विश्वास रहेको छ ।




































