बेलचाैतरामा काेदाे बाेकेकाे ट्रक दुर्घटना
धादिङबाट पोखरा जाँदै गरेको मिनीट्रक पृथ्वीराजमार्ग स्थित बेलचौतारामा दुर्घटनामा परेको छ ।

तनहुँको शुक्लागण्डकी ५ बेलचौतरामा ग१ख ४९८४ नम्बरको मिनीट्रक नालामा खसेर दुर्घटनामा परेको हाे ।
धादिङबाट कोदो लिएर पोखरा जाँदै गरेको ट्रक अनियन्त्रित भइ दुर्घटनामा परेको र कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

फाेटाे सामाजिक सञ्जाल
























