डुम्रे बचत तथा ऋण सहकारीकाे अध्यक्षमा पिया

डुम्रे बचत तथा ऋण सहकारीकाे अध्यक्षमा पिया


तनहुँकाे डुुम्रे बजारमा रहेकाे डुम्रे बचत तथा ऋण सहकारी संस्थाकाे १८ औं साधारणसभा तथा छैठाैं अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनले पुन: राम कुमार पियालाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे छ ।
संस्थाका जेष्ठ सदस्य अजय नारायण पियाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा ५ जना सदस्यलाई पुरस्कृत र सम्मान गरिएकाे संस्थाका ब्यवस्थापक अच्युत सुबेदीले जानकारी दिए । उनका अनुसार ९० वर्षका दधिराम विक र भिमप्रसाद श्रेष्ठलाई सम्मान गरिएकाे छ ।


कार्यक्रममा बन्दिपुर १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ , कानुनी सल्लाहकार ऋषिराम अधिकारी लगाएतले शुभकामना ब्यक्त गरेका थिए । संस्थामा हाल २ हजार ६ सय ३८ जना सदस्य रहेका संस्थाले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page