१ करोड १५ लाखकाे सामाजिक विकास कार्यालय भवनकाे मन्त्री थापाले गरे उद्घाटन

१ करोड १५ लाखकाे सामाजिक विकास कार्यालय भवनकाे मन्त्री थापाले गरे उद्घाटन


गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले सामाजिक बिकास कार्यालय तनहुँको उद्घाटन गरेका छन् ।

आइतबार भवनको उद्घाटन गर्दै मन्त्री मन्त्री थापाले नयाँ भवनबाट कार्यालयको सेवा प्रवाह प्रभावकारी हुने विश्वास लिँदै महिला, अपांगता लगायतका क्षेत्रका व्यक्तिहरू जोडिने कार्यालय रहेको कारण छिटो छरितो सेवा दिनुपर्ने बताए ।

गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सांसद जीतप्रकाश आले, अशोक कुमार श्रेष्ठ ,जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा , रेनु नेपाली लगायतले भनाई राखेका थिए । 

कार्यक्रममा स्वागत कार्यालयका प्रमुख विदुरहरि आचार्यले गरेका थिए भने सञ्चालन कार्यालयका लेखा अधिकृत कृष्ण न्यौपानेले गरेका थिए ।

लामो समयदेखी अलपत्र अवस्थामा रहेको उक्त भवन १ करोड १५ लाखको लागतमा गिता मना जेभीले भवन निर्माणको काम सम्पन्न गरेको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page