राष्ट्रिय भुमि आयाेग तनहुँकाे विज्ञ सदस्यमा खड्का:
भूमि सम्बन्धी समस्या समाधान आयोग तनहूँको विज्ञ सदस्यमा बिष्णु बहादुर खड्का नियुक्त भएका छन् । भुमि व्यवस्था तथा सहकारी मन्त्रालयले नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य खड्कालाई विज्ञ सदस्यमा नियुक्त गरेको हाे ।

यस अगाडि सदस्य रहेका श्रीराम कार्कीले नेकपा एस छाडि एमालेमा प्रवेश गरेसँगै सदस्य पदवाट राजिनामा दिएका थिए । कार्कीले राजिनामा दिई खाली रहेको ठाउँमा खड्कालाई नियुक्त गरिएको हाे ।





































