जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा राधा मावि प्रथम:

जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा राधा मावि प्रथम:

नेपाल रेडक्रस सोसाइटी तनहुँको आयोजना तथा युवा सर्कल राधा मा बि म्याग्दे-२ जामुनेको आतिथ्यतामा जिल्ला स्तरीय आधारभूत तह हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा राधा माध्यमिक विद्यालयका विद्यार्थीहरु वर्षा सेन,स्मारिका रानाभाट र अंकिता रानाभाट प्रथम भएका छन् । यस्तै सत्यवति मा.वि व्यास-२,दमाैली द्वितीय र महेन्द्रज्याेती मा.वि व्यास-६, सिसाघाट तृतीय तथा छब्दी मा.वि सान्त्वना भएका छन् ।

पुरस्कृत बिद्यार्थीहरू लाई म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ तथा नेपाल रेडक्रस साेशाइटि तनहुँका मन्त्री सुर्यचन्द्र हड्खले लगायतले पुरस्कार वितरण गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page