इलाका प्रशासन कार्यालय स्थापनाकाे माग गर्दै शुक्लागण्डकीकाे टाेली काठमाडौंमा

इलाका प्रशासन कार्यालय स्थापनाकाे माग गर्दै शुक्लागण्डकीकाे टाेली काठमाडौंमा

इलाका प्रशासन कार्यालय स्थापनाकाे माग गर्दै तनहुँकाे शुक्लागण्डकी नगरपालिकाकाे टाेली काठमाडौं पुगेको छ ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितको नेतृत्वमा गएको टोलीले साेहि माग राख्दै काठमाडौंमा उच्च स्तरीय भेटघाट गरिरहेकाे छ । टोलीले रक्षा मन्त्री मानवीर राई ,भूमि सुधार मन्त्री बलराम अधिकारी , सांसद शंकर भण्डारीलाई भेटघाट गरेको छ ।

भेटघाटका क्रममा टोलीले शुक्लागण्डकी नगरपालिका वडा नं ७ टुडामा हाल नेपाली सेनाले प्रयोग गर्दै आईरहेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गामा इलाका प्रशासन कार्यालय स्थापनाका लागि सहजीकरण गरिदिन आग्रह गरेकाे छ । साथै हाल खैरेनीटारमा रहेको व्यवसायिक सटरहरुलाई व्यवस्थित गरिदिन समेत टोलीले आग्रह गरेको छ ।

टोलीले भूमि सुधार मन्त्री अधिकारीलाई भेट गरि शुक्लागण्डकी नगरपालिका भित्रको सुकुम्बासी समस्या समाधानका लागि समेत आग्रह गरेको छ । शुक्लागण्डकीबाट गएको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page