लाेकतान्त्रिक यातायात व्यवसायी संघ तनहुँकाे अध्यक्षमा खनाल
लोकतान्त्रिक यातायात व्यवसायी संघ तनहुँको प्रथम अधिवेशन शुक्रवार दमाैलीमा सम्पन्न भएको छ । अधिवेशनले यातायात व्यवसायी रघुनाथ खनालको नेतृत्वमा लोकतान्त्रिक यातायात व्यवसायी संघको नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

संघको उपाध्यक्षमा अम्मर दुरा, सचिवमा बसन्त घर्ती, कोषाध्यक्षमा विवेक सापकोटा र सदस्यहरुमा बलराम अधिकारी, सुरेन्द्र घर्ती र मदन वानियाँ चयन भएका छन् । यश अघि भएको अधिवेशनकाे व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले उद्घाटन गरेका थिए ।

























