तामझामका साथ उद्घाटन भएको बन्दीपुर भ्रमण वर्षकाे बन्दीपुरेबाटै किन भइरहेको छ विरोध !

तामझामका साथ उद्घाटन भएको बन्दीपुर भ्रमण वर्षकाे बन्दीपुरेबाटै किन भइरहेको छ विरोध !

बुधबारदेखि बन्दीपुर भ्रमण वर्ष-२०२५ को सुरु भएको छ । तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजार घुम्न आउने पर्यटकलाई गाउँसम्म पुर्‍याउन सुरु गरिएको यस महोत्सवको भौतिक पूर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले बुधबार एक कार्यक्रमकोबिच तामझामका साथ उद्घाटन गरेका थिए ।

पहाडकी रानी उपनामले चिनिएको बन्दीपुर बजारमा मात्रै पर्यटक केन्द्रीत भएकोले त्यसको लाभ गाउँसम्म पुर्‍याउने प्रमुख उद्देश्यले भ्रमण वर्ष सुरु गरिएको , घुम्न आउने पर्यटकलाई बन्दीपुर बजार मात्रै नभई गाउँमा रहेका पर्यटकीय स्थलको अवलोकनको लागि अंग्रेजी नयाँ वर्षदेखि सुरु गरिएको , बन्दीपुरका ६ वटै वडामा पर्यटक पुर्‍याउन भ्रमण वर्ष मनाउन सुरु गरेकाे , गाउँसम्म पर्यटक पुग्न सहज बनाउन सडकको स्तरोउन्नती, सिंढीमार्ग निर्माण तथा उज्यालो बन्दीपुर कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको थियो ।

यस्तै बन्दीपुरमा बन्दीपुर बजार मात्रै नभई दक्षिण एसियाकै ठुलो सिद्ध गुफा, रामकोट, धरमपानी लगायतका होमस्टे, रानीवन मणिमुकुन्दसेन दरबार स्थल, थानीमाई लगायतका थुप्रै पर्यटकीय स्थल भए पनि प्रचार प्रसारमा कमी भएकोले भ्रमण वर्ष सुरु गरिएको बताइएको थियो ।

बन्दीपुरमा वार्षिक रूपमा डेढ लाख पर्यटकले बास बस्ने गरेकोमा त्यसलाई दुई लाख पुर्‍याउने लक्ष्य समेत भ्रमण बर्षले राखेकाे छ । समग्र बन्दीपुर क्षेत्रको पर्यटकीय आर्कषण, उद्योग तथा व्यापार, भौतिक पूर्वाधार, मानव शक्तिका साथै प्रवद्धनात्मक गतिविधीहरूमा गुणात्मक सुधार ल्याउनका बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको बताइएको छ ।

हातैले छोएजस्तो लाग्ने हिमशृङ्खलाहरू, दक्षिण एसियाकै ठुलो सिद्ध गुफा, भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, प्याराग्लाइडिङ, चट्टाङ्ग आरोहण लगायतले पर्यटकलाई आकर्षण गर्ने गरेको छ ।


२०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौलीमा स्थानान्तरण भएपछि सुनसान बनेको बन्दीपुर पर्यटनको माध्यमबाट चहलपहल बढेको छ ।

पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा बन्दीपुर छ । पृथ्वीराजमार्गमा रहेको डुम्रे बजारबाट आठ किलोमिटर नागबेली पक्की सडकको यात्रा गरी पुग्न सकिन्छ । पछिल्लो समय बन्दीपुरमा केवलकार समेत सञ्चालन गरिएको छ ।
यी लगायतका विविध विविधता बाेकेकाे बन्दीपुर आँफैमा एउटा प्राकृतिक अनुपम ठाउँ भएको भए पनि  भ्रमण बर्षकाे उद्घाटनका सन्दर्भलाई लिएर बन्दीपुरेलेनैँ किन सामाजिक सञ्जाल रङ्ग्याइरहेका छन् ? स्थानीय नेता , जनप्रतिनिधि र जिम्मेवार व्यक्तिहरूबाटनैँ किन असन्तुष्टि पाेखीरहेका छन् ? पालिकाले सबैलाई समेटेर लान नसकेर यस्ता किसिमका बिराेधका स्वर आइरहेका छन् कि बिराेधकै लागि बिराेध गर्नलाई ! यी बिषयले अहिले अवस्था गर्माएकाे छ । तर सामाजिक सञ्जालका भनाइ हरू हेर्दा आयाेजकलाई झकझकाएकाे जस्तो देखिन्छ । कमीकमजोरीहरू सुधारेर स्थानीय ठाउँलाई प्राथमिकता दिएर काम गर्नकाे लागि ध्यानाकर्षण गराएको जस्तो देखिन्छ । तर यस किसिमका असन्तुष्टिहरू बाहिर आउनु भ्रमण वर्ष र समग्र बन्दीपुरेलाइ क्षति हुनु नैँ हाे । भ्रमण बर्ष उद्घाटनका बारेमा कसले के भनेको छ हेराैँ जस्ताको तस्तै –

काङ्ग्रेस नेता कर्ण खत्री सामाजिक सञ्जालमा लेख्छन् – पार्टी अध्यक्ष पनि वडाध्यक्ष / कार्यपालिका सदस्य पनि भएकोले सहमति जनाएको हो ! यत्रो भ्रमण बर्ष मनाउनु रहेछ तर कहिल्यै पनि गाउँ पालिकाले क्रियाशील राजनीतिक पार्टीको सहयोग चाहेन , पर्यटन बोर्ड गठन गरेको फोटोमा देखेर थाहा पाइयो साथै भ्रमण बर्ष समिति गठन सचिवालय गठन पनि बनेपछि थाहा पाइयो ! क्यालेन्डर बनेको सुनियो उदघाटनमा हेर्न पाइएन कस्तो छ ? कुरा रह्यो २/४ जनाले बनाएको कसले बनाएको रहेछ ? पार्टी सँगको सल्लाह भनौं भने म पनि पार्टी सभापति थाहै पाइएन कार्यपालिका ले हो भने तपाईंले २/४ जनाले भन्नुभयो | मयुरका प्वाँखका झुप्पा देख्दा बन्दीपुरको कुन गाउँमा रहेछ म त अनबिज्ञ रहेछु भनेको थारु सँस्कृती रहेछ | बरु थुम्का भजन , सेराटार बालन , चेपाङ बाजा , अशौंबोटे/खहरे/मुच्चुक पन्चेबाजा ल्याएको भए स्थानीय संस्कृति पहिचान हुन्थ्यो ! मन्चको कार्यक्रम पनि एकलौटी भयो | यसमा गरिएको खर्च बिस्तृत रुपमा सार्वजनिक होस् !

यस्तै वडा अध्यक्ष समेत रहेका ध्रुव प्रसाद लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् – जे नहोस भनिएको थियो त्यै देखियो हिजो। स्थानीय सबै जात जाती को झाकी र्याली हुनुपर्नेमा  भाडामा ल्याएर थारु संस्कृति र कला (हेर्दा एकदमै राम्रो थियो) देखाइनुले प्रष्ट हुन्छकि यहाको संस्कृतीको प्रबर्द्धन गर्न यो भ्रमण बर्ष होइन! के यहाँ भुजेल , चेपाङ र अरु जातिको संस्कृति छैन? यहाको किसानले उत्पादन गरेको उपजको बजारको लागि करोडौं  खर्च हुनेगरि आयोजित भ्रमण बर्षमा के कस्तो स्थान पाउला ? भनिन्छ नि morning shows the days . जति सुझाव गरेपनि एकलौटी तरिकाले २/४ जनाले बनाएको सचिवालय मिलेको छैन है ।सबैको भ्रमण बर्षहो भने यसमा अझै बहस हुनुपर्छ। बिधिवत  खुल्ला तरिकाले गरिने कार्यमा हमेसा साथ सहयोग हुनेछ । एकपक्ष को मात्रै पुराण त आ आफनै घरमा लाए हुन्छ। यसमा जनताले तिरेको करको दुरुपयोग गर्न पाइदैन। सबै जात,जाती, धर्म , संस्कृती, क्षेत्र र भुगोल समेटिने बन्दिपुर भ्रमण बर्षको सफलताको सुभकामना।  बन्दिपुर बजार महोत्सवको रुपमा नहेरियोस।

नेकपा माओवादी केन्द्रका युवा नेता सुदिन पाैडेलले सामाजिक सञ्जालमा लेखेका छन् – कुरा त काेरिखाकाे चुड्काकाे थियाे , हलथुम्का ,धरमपानिकाे काैराकाे थियाे झप्रि  ,सुखाैरा र सेराटार फाटकाे मासकाे थियाे । याम्पाकाे, नाहालाकाे तरकारी र भुजेल गाँउकाे बाँस काे थियो  । ग्याजेटार बागथाल काे लेकालि साग काे थियो  तर मयुरकाे प्वाँख  ले सबै लाई छेकेछ । आन्तरिक उत्पादन लाई मुखले भनेर बाहिरि कुरा देखेछ । अब बधाई भन्ने त होला खर्चपर्च पालिकाकाे जनता ले तिरेकाे कर कतै गै रहेकाे त छैन खाैलै खाेला ?????


यता बन्दीपुर पर्यटन बिकास समितिका अध्यक्ष किसान प्रधानकाे भनाइ भने फरक छ । प्रधानले अनावश्यक रूपमा बिराेधकै लागि बिराेध नगर्न चेतावनी दिएका छन् ।
हेराइ आ-आफ्नो कसैले मयुरको प्वाख मात्र देखे चुडका,मारुनी,गन्धर्व,पन्चैबाजा हेमराज,लोकल नृत्य,लोकल ब्याण्ड,रास्ट्रीयब्याण्ड र लाखे नाच देखेकी देखेन्न कुन्नी?
(सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली )चेतना भया !

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page