क्षत्री समाज तनहुँकाे अध्यक्षमा अधिकारी:

क्षत्री समाज नेपाल तनहुँको जिल्ला अधिवेसन शुक्रबार दमाैलीमा सम्पन्न भएको छ । अधिवेशनले शम्भु बहादुर अधिकारीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिकाे उपाध्यक्षमा प्रेमबहादुर रावत , महिला उपाध्यक्षमा गीता महत , सचिवमा हरि कार्की , काेशाध्यक्षमा शारदा वसाैला र सहसचिवमा मन्जु थापा रहेका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा मधु अधिकारी , मधु क्षेत्री , सारदा विष्ट , मिना थापा , बिष्णु खड्का लगायत चयन भएको क्षेत्री समाज नेपाल व्यास नगर सभापति शंकर अधिकारीले बताए ।

क्षेत्री समाज तनहुँका अध्यक्ष इश्वर बहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख अतिथि क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर दिलबहादुर क्षेत्रीले उद्घाटन गरेका थिए । कार्यक्रममा क्षेत्री समाजका नेताहरू समुन्द्र गाेदार , क्याप्टेन भरतबहादुर अधिकारी , अर्जुनबहादुर अधिकारी , कृष्ण घिमिरे , लक्ष्मी अधिकारी लगायतका बक्ताहरूले शुभकामना मन्तब्य व्यक्त गरेको व्यास नगर सभापति अधिकारीले जानकारी दिए ।
अधिवेशनमा अन्य सबै पदमा सर्वसम्मत भए पनि उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेपछि सहमति जुट्न नसक्दा निर्वाचन भएको थियो । कुलबहादुर थापा र प्रेमबहादुर रावत विच भएको मतदानमा थापालाई २२ मत र रावतलाई २५ मत आएपछि रावत निर्वाचित भएका थिए ।




































