नेकपा माओवादी केन्द्र भीमादकाे अध्यक्षमा सिग्देल
नेकपा माओवादी केन्द्र भीमाद नगर समतिको दोश्रो अधिबेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले अमृत सिग्देलको नेतृत्वमा ४५ सदस्यीय कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा मौसम शर्मा गैह्रे ,उपाध्यक्षमा दशरथ गैह्रे र तिर्थ सिग्देल,सचिवमा दिनेश सिग्देल,सहसचिबमा हुमनाथ सिग्देल,कोषाध्यक्षमा प्रमिला थापा लगायतका पदाधिकारी रहेको उक्त पार्टीले जनाएको छ ।

























