मुग्लिन–पोखरा सडक विस्तार योजनाकाे लापरबाही – दमाैली बजार भत्काएर २ महिनादेखि अलपत्र !

मुग्लिन–पोखरा सडक विस्तार योजनाकाे लापरबाही – दमाैली बजार भत्काएर २ महिनादेखि अलपत्र !

मुग्लिन पाेखरा सडक विस्तार याेजनाले काममा लापरबाही गरेको छ । याेजनाले तनहुँको दमौली बजारमा झण्डै दुई महिना अगाडि देखि भत्काएर अलपत्र पार्दै काममा ढिलाइ गर्दा यसको लापरबाही देखिएको हाे । सडक बाट माथिल्लो भागमा दुईवटा नाली र तल्लो भागमा एउटा नाली बनाउन खाल्डो खनेको याेजनाले लामो समयदेखि अलपत्र अवस्थामा राखिरहँदा स्थानीयले बिराेध एवम् गुनासो गर्न थालेका छन् ।
खासगरी हाइवे लाइनमा व्यवसाय गर्ने व्यवसायीहरू ठुलो मारमा परेको व्यवसायीहरूकाे दुखेसो छ । निर्माणकाे काम हुनुपर्छ , बिकास निर्माण हुनु राम्रो हाे तर घना बस्ती तथा बजार एरियामा भत्काएपछी छिटो काम गर्नुपर्नेमा अलपत्र पारेर छाेड्दा ठुलो नाेक्सानी व्यहोर्नुपरेको उनिहरूकाे गुनासो छ । चर्को भाडा , त्यसमा व्यापार ठप्प अनी कसरी बाँच्ने , कसरी भाडा तिर्ने ? उनिहरूकाे एउटै भनाइ छ । यस सम्बन्धमा स्थानीय निकाय तथा अन्य सम्बन्धित सराेकारवाला निकायले नझकझकाइदिएकाे उनिहरूकाे भनाइ छ ।

लामो समय यसरी अलपत्र अवस्थामा राख्दा व्यावसायिकाे उठिबास लाग्न सक्ने व्यवसायीले बताए । राजमार्ग लाइनका व्यवसायी कृष्णकुमार श्रेष्ठले यदि अब पनि काम छिटो गरेर खनेको खाल्डो पुरेन भने आँफै पुर्ने चेतावनी दिए । पटकपटक भन्दापनी याेजनाका मान्छेले सुनेको नसुनेइ गरेको भन्दै श्रेष्ठले अब नसुने खाल्डो पुरिदिने बताए । श्रेष्ठ जस्तै अन्य धेरै व्यवसायीहरू याेजनाकाे काम प्रति आक्राेशीत देखिएका छन् ।

सुरुमा बजारका केही घरहरू भत्काउन विलम्ब हुँदा काम नैं प्रभावित भएको र बजार धुलो र हिलोले अस्तव्यस्त भएर मर्कामा परेको भन्दै व्यवसायीहरूले अहिले घर भत्काउन सक्दापनी काम सुस्त भइरहेको बताए । बजारको याे अवस्थाले पहिला पनि अहिले पनि व्यवसायीनैँ मर्कामा परेको उनिहरूकाे भनाइ छ ।

बजार क्षेत्रमा छ लेनको सडक बिस्तार कार्य अन्तर्गत सडक मापदण्डभित्र रहेका घरटहरा भत्काउने तथा बिजुलीका पाेल सार्ने गर्दै नालीकाे काम अहिले भइरहेको देखिएपनी निकै सुस्त छ ।

यद्यपि भत्काइएका केही घरहरू मापदण्ड अनुसार नभत्काउँदा कैयौं घरका पेटी सम्म भत्किने तथा बिजुलीको पाेल घरमै टाँसिने अवस्था बनेको छ । त्यतिमात्र हाेइन बिजुलीको पाेलमा तार टाँग्दा केही घरको छतमा तार पर्ने भए पछी त्यस्तो ठाउँमा एल आकारले तथा पुगेको ठाउँमा टी आकारले तार टाँगिएको छ ।

लामो समयदेखिकाे बजार भित्रकाे मुख्य बिवाद सडक मापदण्ड कति मिटरको भन्नेमा थियो । यही बिवादका कारण घरहरू भत्काउन मनलाग्दी भएका थिए । मुख्य सडकमा खासगरी सेन्टर पइंट बिवादले व्यास ४ का बासिन्दाले पुरानो नाला तल भएकोले तल देखाउने र व्यास २ का बासिन्दाले माथि पट्टी पुरानो नाला पुरिएकोले माथि हाे भन्दै गर्दा कामनैं प्रभावित भएको थियो । यही बिवाद र काेलाहलका बिच केही घर धनीले भने आफुखुसी घर भत्काएर निर्माण गरेका थिए । ती भत्केका घरहरू काेही २१ काेही २२ र काेही २३ मिटरकाे दुरिमा छन् । त्यही मनलाग्दी मापदण्डका कारण अहिले बिजुलीका पाेलहरू कतिपयकाे घरमै जाेडिन पुगेको छ । जवकी बिजुलीको पाेलवाट घरको दुरी दुई मिटरको हुनुपर्ने र त्यहाँ नाला तथा फुटपाथ रहनुपर्ने नियम छ ।

बजारका घरहरू भत्काउने सम्बन्धमा व्यास नगरपालिका भने निरीह देखिएको छ । मुआव्जा पाएर घर भत्काइ बनाएका घर धनीले कति मिटर मापदण्ड छाेडेर बनाउँदै छन् ? त्यो देखेर पनि नदेखेको जस्तो गरेर बस्नु नपाकाे गम्भीर गल्ती भएको बजारबासी बताउँछन् । कसको कतिमा बनाउँदै छन् भन्ने हेर्न पर्दैन ? बनाएको बेलामा नहेर्ने अहिले यस्तो उस्तो भनेर के अर्थ ? एक स्थानीयले आक्राेसित हुँदै भने । खासगरी सबैलाई ८२ फुटकाे मापदण्डमा लाने र समान बनाइ मुआव्जा पनि त्यहीअनुसार दिने गरेको भए दमाैली बजार कति राम्रो देखिन्थ्यो अर्का एक स्थानीयले भने । तर यहाँ सडकले पनि नगरपालिकाले पनि लुच्याइँ गर्याे , सडकले पनि हामीलाई २३ मिटर हाे चाहिएको भनेर टकटकियाे , नपाले पनि याे लफडामा किन पस्ने भनेर पन्छियाे ।
यता अधिकांश स्थानीयकाे २३ मिटरको समस्या समाधान भएको भनिएपनी केही स्थानीयकाे भने समस्या टुंगोमा पुगिसकेको छैन । नगरपालिकाबाट ७५ फुटकाे मापदण्डमा बनेका घरहरू भन्दै नक्सा पास र घर सम्पन्नकाे कागज दिएको नपाले अहिले भने ७५ फुटले घर खान्छ , भत्काउन पर्छ भनेर चिन्ह लगाएकाेले समस्या भएको हाे । प्राविधिककाे फित्ताले नाप्ने कुरापनी कहिले कहाँ कहिले कहाँ हुन्छर ? अहिले भत्कने भए हामीलाई किन घर सम्पन्न दिएकाे त ? यसको सबै जिम्मेवारी नगरपालिकाले लिनुपर्छ घर धनीहरूकाे माग छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page