तनहुँ महाेत्सवमा पाैष २६ गते साँझ हुने कन्सर्टमा छेवाङ लामाको प्रस्तुति रहने

तनहुँ महाेत्सवमा पाैष २६ गते साँझ हुने कन्सर्टमा छेवाङ लामाको प्रस्तुति रहने


नेपाली सांगीतिक क्षेत्रमा एक होनहार र प्रतिभाशाली गायकका रुपमा उदाइरहेका छेवाङ लामा दमाैली आउने भएका छन् । गायक लामा तनहुँ उद्योग बाणिज्य संघको महाेत्सव स्थलमा पाैष २६ गते साँझ ७ बजे हुने कन्सर्ट कार्यक्रममा प्रस्तुति दिन दमाैली आउने भएका हुन् ।

‘लाहुरे’, ‘लाहुरे २’, ‘लाहुरे ३’, ‘तिमरो मन्मा’, ‘सरारा’, ‘जात’ र अन्य गीतहरूको लोकप्रियताले नेपाली संगीत जगतमा होनहार गायकको पहिचान बनाएका लामालाई ल्याउन लागिएको तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजार इकाईका सभापति सुकनारायण मल्लले बताए ।


कभर गीत ‘इसराले बोलाउनु पर्दैन’ लगायतका थुप्रै चर्चित गीत गाएका लोकप्रिय गायक लामा गीतकार, संगीतकार र गायकका रूपमा मात्रै उदाएका छैनन् आफ्ना सबै गीत आफैं लेखेका समेत छन् । युवा पुस्तामा रूचाइएका लाेकप्रिय गायकलाई ल्याउँदा महाेत्सव स्थलकाे गरिमा समेत बढ्ने मल्लले जनाए । महाेत्सवकाे तनहुँ उद्योग बाणिज्य संघ आयाेजक रहेपनी कन्सर्टकाे भने दमाैली बजार इकाई आयाेजक रहने छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page