चण्डीदेवीमा आजवाट शिक्षकहरू बिच भलिबल प्रतियोगिता हुने
तनहुँकाे व्यास नगरपालिका वडा नं १० कुमालटारी स्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक बिद्यालय द्वारा आयाेजित मैत्रीपुर्ण भलिबल प्रतियोगिता आजवाट हुने भएको छ ।
१३ वटा टिमकाे सहभागीता रहने उक्त प्रतियोगिताकाे सम्पुर्ण तयारी पूरा भएको बिद्यालयका प्रअ रामचन्द्र पाेख्रेलले बताए । सामुदायिक बिद्यालयका माध्यमिक तहका शिक्षकहरू बिच हुने प्रतिस्पर्धाकाे उद्घाटन खेलमा सत्यवती मावि र सिद्धेश्वरी मावि बिच प्रतिस्पर्धा हुने पाेख्रेलले जानकारी दिए ।

प्रतियोगितामा प्रथम , द्धितीय र तृतीय हुने टिमलाई क्रमशः १५ हजार , १० हजार र ५ हजार नगदका साथै मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । खेलकाे व्यास नगर प्रमुख बैकुण्ठ न्याैपानेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

























