दमाैलीमा टिकटक म:म घर सञ्चालनमा

दमाैलीमा टिकटक म:म घर सञ्चालनमा
Oplus_0


दमाैलीमा टिकटक म:म घर सञ्चालनमा आएकाे छ । व्यास नगरपालिका वडा नं २ स्थित भाेर्लेटारचाेकमा पाैष १७ गतेबाट सञ्चालनमा आएकाे टिकटक म:म घरले छाेटाे समयमै ग्राहकको मन जित्न सफल भएको छ । यहाँको म:म खाने ग्राहकले म:म निकै स्वादिलो र गुणस्तरीय भएको प्रतिक्रिया दिएका छन् ।

व्यास १३ का विष्णु थापा गाेदारले करिब १२ लाख रूपयाँ लगानीमा सञ्चालनमा ल्याएको म: म घरमा सबै प्रकारका म:म , चाउमीन , चिया , कफी , ससेज , खाजाकाे रूपमा तथा अन्य खाना तथा खाजाहरू अर्डर अनुसार तयार गरिन्छ । दमाैलीमा छुट्टै स्वाद र वातावरणमा मुख्य चाेकमा रहेको हुनाले यहाँको खाजालाइ ग्राहकले मन पराएका छन् । सफा र सुन्दर वातावरणमा रहेको हाेटलमा टिकटक बनाउन तथा फाेटाे खिच्नकाे लागि आकर्षक दृश्यहरू राखिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page