राधा माविका बिद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम !

म्याग्दे गाउँपालिकाकाे आयाेजनामा राधा मावि जामुनेका बिद्यार्थीहरूलाइ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । बिद्यार्थी तहमा वित्तीय ज्ञान हुन जरुरी रहेकोले सुरक्षित आप्रवासी सामी कार्यक्रम अन्तर्गत पालिकाकाे आयाेजनामा कार्यक्रम आयाेजना गरिएको हाे ।
बिद्यालयका निमित्त प्रअ कृष्णकुमारी पण्डितकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि म्याग्दे २ का कार्यवाहक अध्यक्ष रमेश अधिकारी रहेका थिए । यस्तै कार्यक्रममा म्याग्दे गापा शिक्षा शाखा प्रमुख विष्णु खत्री , सामी कार्यक्रम तनहुँ संयाेजक लुना राना , म्याग्दे गाउँपालिकाका मनाेसामाजीक परामर्शकर्ता निशा विक , वित्तीय साक्षरता सहजकर्ता ममता श्रेष्ठ लगायतले बाेल्दै वित्तीय ज्ञान सबै तहका बिद्यार्थीहरूलाइ आवस्यकता रहेको बताएका थिए ।

सहभागीहरूले व्यवहारीक परामर्शले बिद्यार्थी उमेरदेखिका सबैलाई सचेत र सजग बनाउने हुँदा यस किसिमको कार्यक्रमकाे महत्त्व रहेको बताएका थिए । कार्यक्रममा सामी कार्यक्रम म्याग्देका फाेकल पर्सन आकाश गुरूङले कार्यक्रम ज्यादै उपयोगी र प्रभावकारी भएको बताएका थिए ।

२०७६ सालदेखि म्याग्दे गाउँपालिकामा सञ्चालन हुँदै आएकाे सामी कार्यक्रमले सुचनामा पहुँच , न्यायमा पहुँच , सीप तालिम , मनाेसामाजीक परामर्श र वित्तीय साक्षरता सम्बन्धि काम गर्दै आएकाे सामी कार्यक्रम तनहुँ प्रमुख लुना रानाले बताइन् ।
























