सार्वजनिक यातायातको भाडा बढ्यो !
यातायात व्यवस्था विभागले सोमबारदेखि लागु हुने गरी सार्वजनिक यातायातका साधनको भाडा वृद्धि गरेको छ ।

विभागका अनुसार अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाइएको हो । यात्रुवाहक सवारीको भाडा ३.३० प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ०.०५ प्रतिशतले भाडादर वृद्धि भएको विभागले जनाएको छ ।
श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मूख्य सूचकमा भएको मूल्यवृद्धि तथा सरोकारवाला पक्षसँगको परामर्शमा सार्वजनिक यातायातका सवारी साधनको भाडा बढाइएको विभागको दावी छ।
यसअघि सरकारले २०८० साउन ३१ मा भाडादर समायोजन गरेको थियो।
























