सेवा निवृत्त राष्ट्रसेवकहरुको तनहुँ संयोजकमा अमृत बगाले

सेवा निवृत्त राष्ट्रसेवकहरुको तनहुँ संयोजकमा अमृत बगाले


सेवा निवृत्त शिक्षक, कर्मचारी , सेना तथा प्रहरी लगायतका पुर्व राष्ट्रसेवकहरुको प्रतिनिधिमुलक भेलाले १० सदस्यीय कार्य समिति र ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ।

समितिको संयोजकमा अमृत बगाले ( पुर्व कर्मचारी ) , सचिवमा अशोक पंथ (पुर्व शिक्षक ) सदस्यहरुमा भुमिलाल ढकाल ( पुर्व प्रहरी ) सन्देश अधिकारी (पुर्व सेना) नन्द बहादुर थापा मगर ( पुर्व कर्मचारी ) राधा वाग्ले ( पुर्व कर्मचारी ) पदम राज काफ्ले ( पुर्व शिक्षक) , नवराज लामिछाने ( पुर्व शिक्षक) , श्रीकृष्ण सोती ( पुर्व कर्मचारी ), हुतिमान बि क ( पुर्व कर्मचारी ) चयन भएका छन् ।यसैगरी संघको सल्लाहकारमा बिष्णु प्रसाद नेपाल , बिजयराज पौडेल , देवेन्द्र खनाल , बिनोद भट्टराई र डा. लक्ष्मीकान्त चापागाईं चयन भएका छन् ।

भेलामा तनहुँका १० वटै पालिका समेटिने गरि समावेशी रुपमा बाँकी सदस्यहरु पछि मनोनयन गरिने बताइएको छ । संघका केन्द्रीय सदस्य नरेन्द्र पौडेलको उपस्थितिमा कर्मचारी युनियन तनहुँका अध्यक्ष नारायण अधिकारी र नेपाली काङ्ग्रेसका जिल्ला सदस्य एवं पूर्व स्रोतव्यक्ति हुतमणि अधिकारीको सहजीकरण र अग्रसरतामा उक्त भेला आयोजना गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page